तोकिएका प्रतिनिधिलाई मात्र खाडी र मलेसिया भ्रमणको अनुमति दिइने
काठमाडौँ । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ ।
कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले यही १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको मन्त्रालयले आज एक सूचना जारी गरी तोकिएका निकायका प्रतिनिधिलाई मात्र भ्रमण भिसाका लागि प्रस्थान अनुमति दिने जनाएको छ ।
मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि (संस्थागत कार्यका लागि मात्र) लाई प्रस्थान अनुमति दिने जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्