राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी लगायतका व्यवसायमा संलग्नलाई कारबाही गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नेटवर्क मार्केटिङ/भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी अन्तरगतको कारोबार गर्ने व्यवसाय र त्यस्ता व्यवसायमा संलग्न स्वदेशी तथा विदेशी नागरिकलाई कारबाही गर्ने भएको छ ।

आइतबार राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सीसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने/गराउने लाई कारबाही गर्ने जनाएको हो ।
नेपालमा भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी मान्यता नपाएको र गैर कानूनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कार्य दण्डनीय र गैरकानुनी रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्