बाजुरामा निःशुल्क पिसिआर जाँच
बाजुरा । बाजुरामा पिसिआर जाँच सेवा निःशुल्क गरिएको छ । अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पिसिआर ल्याबमा कोरोना जाँच निःशुल्क गर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताउनुभयो ।

जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको १ महिना बढी समय भएको छ । सेवा सञ्चालन आएपछि १ सय ७६ जनाले पिसिआर जाँच गरिसकेका छन् । जस मध्ये ५० जनालाई पोजेटिभ देखाएको थियो ।
अन्यत्र सरकारी अस्पतालमा पिसिआर जाँच गरेको ८ सय, निजीमा २ हजार बढी रकम लिने गरेको गरेको भए पनि जिल्ला अस्पताल बाजुराले भने निःशुल्क जाँच गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्