तपाईँ सुन्दै हुनुहुन्छः

आइतबार देशभरका अदालतमा शोक बिदा

काठमाडौँ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूल कोर्ट)ले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा भोलि देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा भोलि आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधवार निधन भएको थियो । उहाँले २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button