तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा २ सय ६८ जना स्वास्थ्यकर्मी कोभिड संक्रमित

पोखरा । गण्डकी प्रदेशमा २ सय ६८ जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएका छन् । गण्डकी प्रदेशमा तेस्रो लहर सुरु भएपछि तीव्र रुपमा कोभिड फैलिएको छ ।

कास्कीमा मात्र १३८ जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएका छन् भने गोरखामा ६, मुस्ताङमा ३, म्याग्दीमा ९, लमजुङमा २०, तनहुँमा ४२, नवलपुर १७, स्याङ्जा १२, पर्वतमा १० र बागलुङमा ११ जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएका छन् ।

file photo

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मात्र ७० जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका निर्देशक डा भरत खत्रीले जानकारी दिनुभयो ।

प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि एम्बुलेन्स सेवा, हेलो डक्टर र चालक लगायत सेवा पनि प्रभावित भएको छ । सर्वसाधारण संक्रमित हुने दर बढ्दै जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि संक्रमित हुन पुगेका छन् ।

फ्रन्टलाइनर भएकैले चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्क्रमणको जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button