तपाईँ सुन्दै हुनुहुन्छः

११ लाख राजस्व सङ्कलन

रुकुम । रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारबाहीबाट राजस्व सङ्कलन गरिएको छ । जसमध्ये सबैभन्दा बढी राजस्व सङ्कलन मोटरसाइकलबाट भएको छ । यस अवधिमा ६ सय ११ वटा मात्रै मोटरसाइकल कारबाहीमा परेको प्रमुख विकले बताउनुभयो । जिल्लाका विभिन्न चेकपोस्ट तथा मुख्य नाकामा ट्राफिक नियम उल्लङ्घन गरेर चल्ने सवारीसाधन कारबाही गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

त्यस्तै ६ महिनाको अवधिमा जिल्लामा १३ वटा सवारीसाधन दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । ५७ जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button