तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउनसुगरसहित तीनजना पक्राउ

भद्रपुर, झापा । झापाको बिर्तामोड नगरपालिका– ४ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका– १० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ वर्षीय पूर्णलाल लिम्बु रहेका छन् ।


उनीहरूलाई बिहीबार राति ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्नेक्रममा ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ब्राउनसुगरसहित पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button