तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थपिए ६९८१ संक्रमित, सक्रिय संक्रमित कति ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६९८१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ५००१ जना, ललितपुरमा ११३० जना र भक्तपुरमा ८५० जना गरि कुल ६९८१ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल ३७०९३ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा २६६९८ जना, ललितपुरमा ६६१२ जना र भक्तपुरमा ३७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा थप १२३३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १००५२ र एन्टीजेन परिक्षणबाट २२८६ गरि कुल १२३३८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९२.२ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले १२५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २१००७ पिसिआर र ६४९० नमुना एन्टीजेन परिक्षण गरि कुल २७४९७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५७ हजार ३२८ पुगेका छन् । त्यस्तै आइसीयुमा १८६ जना छन् भने देशभर २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।त्यस्तै संस्थागत आइसोलेसनमा १४९२ जना छन् भने होम आइसोलेसनमा ५५ हजार ८३६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button