तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरिमा हिउँ पर्न सुरु

काठमाडौँ । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरि डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरि हिल्स प्रा.लि.ले जनाएको छ ।

चन्द्रागिरि हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरि डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button