गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन

गण्डकी । गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजनगौरव त्रिपाठी कास्की । गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको छ । प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३।५१ प्रतिशत वृद्धि गरिएको छ भने नगर भित्र २२।५५ प्रतिशत भाडादर वृद्धि गरिएको छ । त्यस्तै, ट्रकमा १४.५७ प्रतिशत र जिपमा ५.५ भाडा वृद्धि गरिएको छ । यसअघि सरकारले २८ प्रतिशतसम्म भाडादर वृद्धि गरेको थियो ।
प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने र माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैयाँ ५० पैसाका दरले भाडादर कायम गरिएको छ । सरकारले ट्याक्सीमा बिलसहितको मिटर अनिवार्य गरेको छ ।
प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाउने नियम बनाएको छ । बस स्टप भन्दा १०.१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर सङ्केत गरेको खण्डमा जहाँसुकै पनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक व्यवस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाइदिने र सो बस स्टपबाहेक अन्य ठाउँमा कडाइका साथ बस रोक्न निषेध गरिने भएको छ ।
त्यस्तै बसमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने प्रावधान राखिनुका साथै अब नयाँ बस खरिद गर्दा अटोमेटिक रुपमा ढोका लाग्ने खालको बस राख्नुपर्ने प्रावधान राखिएको छ । ‘







प्रतिक्रिया राख्नुहोस्