तपाईँ सुन्दै हुनुहुन्छः

ढिस्को खस्दा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको  बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बुधवार राती खोला छिउँको फोहरको ढिस्कोमा बसेर आगो तापिरहेको समयमा  एक्कासि ढिस्को पल्टिँदा उनीहरू पुरिएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा स्थानीय ३२ वर्षका गणेश थापा र   १८ वर्षका शिव थापा  रहेका छन् । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

बुधवार साँझ माथि ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरू पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्धारका लागि पुगेको थियो । तल तटबन्ध बनाउनका लागि खनेको अवस्थामा माथिको ढिस्को खसेको स्थानीयको भनाइ छ  ।

ढिस्कोले पुरिएपछि अन्य स्थानीय भागाभाग गरेका थिए ।ढिस्कोमा पुरिएको अवस्थामा ५ जनालाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पङ्कज चुंदालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button