तपाईँ सुन्दै हुनुहुन्छः

सीमा क्षेत्रबाट एक महिलाको उद्धार

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा क्षेत्रबाट भारत जान लागेकी एक महिलाको उद्धार गरिएको छ ।

बेतकोट नगरपालिका धरमपुरकी अन्दाजी २९ वर्षीया महिलालाई दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर नेपाल–भारत सीमा नजिकबाट भारत जान लागेको अवस्थामा सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउट पोस्ट दोधारा चाँदनी (कुतियावकर), बाबा थान प्रहरी चौकी र माइती नेपालको टोलीले उद्धार गरेको हो ।

महिला एक्लै भारत जान लागेको अवस्थामा सोधपुछ गर्दा शङ्का लागेपछि रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button