ओमिक्रोन फैलिएपछि बाँकेमा एक जनाको मृत्यु
नेपालगन्ज । मङ्सिर २६ पछि बाँकेमा कोभिडबाट पहिलो मृत्यु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ४१ वर्षीया महिलाको भेरी अस्पतालमा आज दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको छ । ओमिक्रोन फलिएपछि बाँकेमा यो पहिलो मृत्यु हो ।
पुस ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पुष्टि भएकी उनी त्यसै दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनले कोभिड विरुद्धको खोप नलगाएको वलीले जानकारी दिनुभयो ।
यसैबिच बाँकेमा थप ५८ जनामा कोभिड पुष्टि भएको छ । यहाँका ३ वटा ल्याबमा कोभिड परीक्षण गर्दा बाँकेका ४६ जनामा कोरोना पुष्टि भएको वलीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्