तपाईँ सुन्दै हुनुहुन्छः

आज सर्वदलीय बैठक गर्दै निर्वाचन आयोग

निर्वाचन आयोग नेपाल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज शुक्रबार परामर्श गर्दै छ ।

आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।

शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको हाे ।

सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरिएकाे आयोगले जनाएकाे छ । प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button