तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय भूमि आयोगले छुट भएका २७ जिल्लाका ६८ स्थानीय तहको लगत सङ्कलन गर्ने

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले छुट भएका २७ जिल्लाका ६८ स्थानीय तहको लगत सङ्कलन माघ १८ गतेदेखि सुरु गर्ने जनाएको छ ।        

आयोगले छुट भएका सुकुम्वासी दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास भएकाहरूको लगत सङ्कलन गर्न लागको हो । 

आयोगले सूचना जारी गर्दै माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका लगत सङ्कलक मार्फत लगत पेस गर्न आग्रह गरेको छ । 

आयोगले तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाहरूको लगत सङ्कलन गर्न लागेको हो । 

आयोगले यसअघि निवेदन दिएकाहरूका हकमा निस्सा लिन, जग्गा नाप जाँच तथा चेकजाँच गराउन अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button