तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकासले २१ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ ।  कृषि विकास बैङ्कले करिब तीन लाखको सङ्ख्यामा रहेका शेयर धनीहरूलाई २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

कृषि विकास बैङ्क लिमिटेडको आज सम्पन्न १५औँ वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनबापत १.०५२६ प्रतिशत गरी २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

नेपालका वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको र देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा २ सय ७९ वटा शाखाहरूबाट आधुनिक बैङ्किङ सेवा पुर्याउदै आएको बैकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button