मुख्तार मियाको हत्यामा संलग्न पाँच जनालाई पर्सा प्रहरीद्वारा पक्राउ गरी सार्वजनिक

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले मुख्तार मियाको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत पुस २२ गते भारत विहार बैशाली ग्राम पञ्चायत महुवा घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाको परवानीपुरमा शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले हत्यामा संलग्न भारत बिहान पूर्वचम्पारण मोतिहारी वडा नम्बर ६ घर भई हाल वीरगंज छपकैया बस्ने ईरिक्सा चालक ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय निकेश पटेल, वीरगंज छपकैया बस्ने ५५ वर्षीय सपन मण्डल, भारत विहार घर भई बीरगंज छपकैया बस्ने होटल व्यवसायी ३५ वर्षीय नाजिर हुसेन र ५० बर्षिय बाबर हुसेनलाई नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न अन्य एक जना फरार रहेको र निजको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका मुख्य अभियुक्त सपन मण्डलले व्यक्तिगत दुश्मनी साध्न सुनिल कुमारलाई ५० हजार दिएर भारतबाट अपराधी ल्याई हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्