तनहुँमा दुई लाख ३२ हजारले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप

तनहुँ । तनहुँमा दुई लाख ३२ हजार ३० जनाले कोरोना (कोभिड– १९) विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।
जिल्लामा खोपका लागि लक्षित सङ्ख्या मध्ये दुई लाख ३२ हजार ३० जनाले पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाका १० पालिकामध्ये सबैभन्दा धेरै व्यास नगरपालिकामा ५५ हजार ३ सय ५० जनाले पहिलो मात्रा लगाएका हुन् ।
शुक्लागण्डकी नगरपालिकामा ३५ हजार ८ सय ७ जना, भानु नगरपालिकामा २७ हजार २ सय ६६, भिमाद नगरपालिकामा १७ हजार ८सय ६ जनाले पहिलो मात्रा लगाएका छन् ।
त्यस्तैगरी, म्याग्दे गाउँपालिकामा १४ हजार ३ सय ६९ जना, घिरिङ्ग गाउँपालिकामा ८ हजार ३सय ८ जना, ऋषिङ्ग गाउँपालिकामा ९ हजार ७ सय५२ जना, देवघाट गाउँपालिकामा ९ हजार ४सय ९५ जना, बन्दिपुर गाउँपालिकामा १० हजार ७ सय ३३ जनाले र आँबुखैरेनी गाउँपालिकामा १४ हजार ३ सय ४४ जनाले पहिलो मात्रा लगाएका छन् ।
यस्तै, जिल्लामा बुधवारसम्म १ लाख ५७ हजार २ सय ८१ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । दोस्रो मात्रा लगाउनेमा सबैभन्दा धेरै व्यास नगरपालिकाका छन् ।
उक्त पालिकामा ४८ हजार ३ सय १५ जनाले दोस्रो मात्रा लगाएका छन् । त्यस्तै भानु नगरपालिकामा २१ हजार ७ सय ५५ जना, शुक्लागण्डकी नगरपालिकामा १५ हजार ५ सय ५३ जना, भिमाद नगरपालिकामा १५ हजार ३ सय १२ जनाले दोस्रो मात्रा लगाएका छन् ।
त्यस्तैगरी, म्याग्दे गाउँपालिकामा ११ हजार ८७३ जना, घिरिङ्ग गाउँपालिकामा ६ हजार ७६८ जना, ऋषिङ्ग गाउँपालिकामा ९ हजार ५३ जना, देवघाट गाउँपालिकामा ६ हजार ५सय ६३ जना, बन्दिपुर गाउँपालिकामा ९ हजार ४सय जना र आँबुखैरेनी गाउँपालिकामा १२ हजार ६ सय ८९ जनाले खोपको दोस्रो मात्रा पनि पूरा गरिसकेका छन् ।
जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सबैभन्दा धेरै खोप भेरोसेल लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी, जिल्लामा कोभिसिल्ड, एस्ट्राजेनेका र जोनसन खोप पनि लगाइएको छ । दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
३१ हजार बालबालिकालाई मोर्डना खोपको पहिलो मात्रा
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको अनुसार जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ३१ हजार ८ सय १२ जना बालबालिकालाई मोर्डना खोपको पहिलो मात्रा लगाइएको छ ।
जसअनुसार व्यास नगरपालिकामा सबैभन्दा धेरै ८ हजार ९ सय ५७ जना बालबालिकालाई मोर्डना खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत अधिकारीले बताउनुभयो ।
यस्तो शुक्लागण्डकी नगरपालिकामा ५ हजार ७ सय ८८, भानु नगरपालिकामा ३ हजार २ सय २० र भिमाद नगरपालिकामा २ हजार ८ सय ७९ जनालाई बालबालिकालाई मोर्डना खोप लगाइएको छ ।
त्यसैगरी, म्याग्दे गाउँपालिकामा १ हजार ४ सय ६४ जना, घिरिङ्ग गाउँपालिकामा १ हजार ३ सय १८ जना, ऋषिङ्ग गाउँपालिकामा २ हजार १ सय २५ जना, देवघाट गाउँपालिकामा १ हजार ५ सय ३४ जना, बन्दिपुर गाउँपालिकामा २ हजार २ जना र आँबुखैरेनी गाउँपालिकामा २ हजार ५ सय २५ जनाले खोपको पहिलो मात्रा लगाएका हुन् ।
कार्यालयको तथ्याङ्क अनुसार तनहुँमा ३ लाख ४९ हजार ७ सय १६ जना जनसङ्ख्या रहेका छन् । जसमा ३९ हजार ४ सय ३४ जना १२ देखि १७ वर्ष उमेर समूहमा रहेका छन् भने १८ वर्ष माथिका २ लाख २९ हजार ३ सय ४७ जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्