तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा सभा, सम्मेलन, मेला, महोत्सव लगायतका कार्य गर्न रोक

धनगढी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले १२ बुँदे आदेश जारी गरेको छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले गए राती १२ बजेदेखि लागू हुने १२ बुँदे आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी आदेशमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी सभा, सम्मेलन, मेला, महोत्सव लगायतका कार्य नगर्न–नगराउन र माघ १५ गतेसम्म विद्यालय सञ्चालन नगर्न–नगराउन भनिएको छ । 
यसैगरी होटेल, हवाई यात्रा, रङ्गशाला लगायतका सार्वजनिक स्थलमा जाँदा कोरोना विरुद्धको खोप कार्ड साथमा राख्न, मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न तथा जिल्लाभित्रका स्वास्थ्य संस्था, आइसोलेसन केन्द्रलाई थप सुदृढ बनाउँदै सञ्चालनमा ल्याउन, अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन, सार्वजनिक यातायातमा सिट क्षमता अनुसार यात्रु राखी सञ्चालन गर्न समेत जारी आदेशमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button