तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशमा विशिष्ट योगदान दिनेलाई ‘गण्डकी रत्न ’

कास्की । गण्डकी प्रदेश सरकारले सामाजिक क्षेत्रमा योगदान दिनेहरूलाई ‘गण्डकी रत्न’ पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले तीन जनालाई सम्मान गर्ने कार्यविधि पास गरेको छ ।

प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा अनुकरणीय योगदान गरी प्रदेशको गरिमा बढाउने व्यक्तित्वलाई सम्मान गर्न लागिएको गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले बताउनुभयो ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । ‘संसद्ले पास गरेको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको भन्दै ‘बजेटमा पनि व्यवस्था भएको विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि बनेको हो ।’

अव गण्डकी रत्न प्रदेशकै सर्वाधिक ठूलो पुरस्कार भएको मन्त्री खड्काले बताउनुभयो । यो पुरस्कार वितरण गर्नको लागी प्रदेश सरकारले कार्यविधि तयार गरेको खड्काले बताउनु भयो । ‘कसले पाउने भन्ने विषयमा सिफारिस गर्नका लागि क्याबिनेटले समिति बनाएको छ । समितिले सिफारिस गरेपछि यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्ने तयारी रहेको छ ।

प्रदेशबाट विशिष्ट व्यक्ति छनोट गर्न सिफारिस गर्न ५ सदस्य समिति हुने छ । जसको अध्यक्षमा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा अर्थ र आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव र आन्तरिक मामिलाका सचिव सदस्य सचिव रहने गरी समिति बनेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button