सिंहदरबार प्रवेशमा कडाइ,सबै प्रकारका पास खारेज

काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो।
साथै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिचय पत्र खारेज गरिएको पनि जनाएको छ । अब नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृहको पूर्व सहमति लिनुपर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी सरसफाइसँगसम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइने र पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउने मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्