चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु
स्याङ्जा । चक्कु प्रहारबाट वालिङमा १६ महिने बालकको मृत्यु भएको छ भने ५ वर्षीय बालिका घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार पर्वतको पैंयू गाउँपालिका ५ घर भई हाल वालिङ १० भकुन्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले सोही घरमा डेरा गरी बस्ने १६ महिने बालक र ५ वर्षीय बालिकालाई चक्कु प्रहार गरेका थिए ।
वालिङ १२ सिर्सीकोट घर भई हाल भकुन्डे डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिने छोरालाई घाँटीमा चक्कु प्रहार पश्चात् तत्काल उपचारको लागी वालिङ प्राथमिक अस्पतालमा ल्याइएकोमा दिउँसो पौने ४ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक साइमकी दिदी ५ वर्षीय साइना गुरुङको घाइते भएकी छिन् । साइनाको घाँटी अगाडि, बायाँ हातको बुढी औँलामा चोक लागेको छ ।
घटनामा संलग्न जितेन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्