तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा एकै दिन ५८ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा मङ्गलवार (आज) एकै दिन ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसिआर विधिबाट ९८ जनाको परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको ।

६० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ३८ जनामा र ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आजको कोरोना सङ्क्रमणको दर ५९ प्रतिशत रहेको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या १५ हजार ७ सय २ जना पुगेको छ । जिल्लामा हाल १ सय ३३ जना कोरोना भाइरस सङ्क्रमणका सक्रिय संंक्रमित छन् । जसमध्ये सात जना संस्थागत आइसोलेसनमा र १ सय २७ जना होम आइसोलेसनमा उपचाररत छन् ।

यसै अवधिमा ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या १५ हजार ३ सय ३६ पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button