तपाईँ सुन्दै हुनुहुन्छः

एमाले डडेलधुराको अध्यक्षमा साउँद निर्वाचित

डडेलधुरा । नेकपा एमाले डडेलधुराको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रकाशबहादुर साउँद सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

साउँदको नेतृत्वमा ८२ सदस्यीय जिल्ला कमिटी चयन गरी अधिवेशन सम्पन्न भएको छ । जिल्ला कमिटी उपाध्यक्षमा धनबहादुर धामी, सचिव गजेन्द्रबहादुर शाही, उपसचिव मीन बोगटी र अन्जु गैरी निर्वाचित हुनु भएको छ । 

पाँच पालिका बाट पाँच जना र दुई नगरपालिकाबाट आठ जनाका दरले जिल्ला कमिटी सदस्य निर्वाचित गरेको छ । खुल्ला सदस्यमा पुरुष तर्फ २० जना महिला तर्फ १० जना र दलित, जनजाति र अपाङ्गबाट गरी ८२ सदस्यीय जिल्ला कमिटी चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।   
अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिनु भएको थियो ।  तर, अन्तिममा उहाँले साउँदलाई नै अध्यक्षमा सहमति जनाएपछि सिङ्गो जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले गर्नुभएको थियो । अधिवेशनमा जिल्लाका ५२ वटै वडाबाट झण्डै चार सय ५० जना प्रतिनिधि सहभागी थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button