तपाईँ सुन्दै हुनुहुन्छः

चोरी आरोपमा एक युवतीसहित ४ जना पक्राउ

सिन्धुपाल्चोक । चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ४ जनालाई पक्राउ गरेको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको सदरमुकामस्थित घरबाट पौष १२ गते १३ तोला सुन र एक लाख नगद चोरी भएको थियो । 

प्रहरीले चोरीको आरोपमा सुनकोसी गाउँपालिका वडा न ६ की २० वर्षिया कञ्चन पराजुली, इन्द्रावती गाउँपालिका वडा न १० का २४  वर्षीय मनिष सुन्दास, इन्द्रावती गाउँपालिका वडा न ९ का २६ वर्षीय बिकी भनिने अनिल तामाङ र सोही गाउँपालिका वडा न ४ का २६ वर्षीय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूबाट ६ तोला सुन, नगद ४ हजार, चाँदीका गरगहना र नक्कली सुनका गरगहना समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटना लगत्तै अनुसन्धानमा खटिएका प्रहरीले चोरीमा संलग्न अभियुक्तहरूलाई काठमाडौँ र धादिङको नौबिसेबाट पक्राउ गरेको एसपी राजन अधिकारीले जानकारी दिनुभयो । घटनामा पाँच जनाको संलग्नता रहेको र एक जना पहिचान भइसकेको तर अझै फरार रहेको पनि एसपी अधिकारीले जानकारी दिनुभयो ।

पौष १२ गते जिल्ला सदरमुकाम चौताराको पुरानो बजारस्थित अध्यक्षको घरबाट उक्त धनमाल दिउँसो करिब २ः३० बजे चोरी भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button