एमाले बाँकेको अध्यक्षमा किष्मतकुमार कक्षपति निर्विरोध

नेपालगन्ज। नेकपा एमाले बाँकेको अध्यक्षमा किष्मतकुमार कक्षपति निर्विरोध निर्वाचित हुनुभएको छ ।
आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा डिल्ली बिसी, सचिव रत्न खत्री तथा उपसचिवमा दिपक बर्मा र भूमीसरा धिताल निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत तेजकुमार धितालले जानकारी दिनुभयो ।
बाँके जिल्ला इन्चार्ज केन्द्रिय सदस्य सूर्य ढकाल अध्यक्ष रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले बन्द सत्रमा प्रस्ताव गरेको नाम अनुसार नै पदाधिकारी चयन गरिएको हो । शनिवार नै अध्यक्ष मण्डलले १२० सदस्यीय कार्यसमितिको नामावली प्रस्ताव गरे पनि प्रस्तावित बाहेकका आकाङ्क्षीहरूले पनि उम्मेदवारी दर्ता गराएपछि सहमतिका लागि धेरै समय खर्चिनुपरेको थियो । आइतबार अपरान्ह मात्र पदाधिकारीमा सहमति जुटेको हो ।
तर, सदस्यहरूको अन्तिम टुङ्गो अझै लागेको छैन । प्रस्तावित बाहेकका आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिने क्रम जारी नै रहेकाले सहमति जुट्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्