तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पाँचथर अध्यक्षमा पुनः भण्डारी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी पुनः निर्वाचित हुनुभएको छ ।

आइतबार फिदिममा सम्पन्न आठौँ जिल्ला अधिवेशनले भण्डारीको नेतृत्वमा ५ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन । भण्डारी यस अघि पनि एमाले पाँचथर अध्यक्ष हुनुहुन्थ्यो ।

अधिवेशनबाट उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा (विमल) तथा उप सचिवमा पृथ्वी लावती र नरबहादुर गुरुङलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत नवराज घिमिरेले जानकारी दिनुभयो ।

८५ जना जिल्ला सदस्यको नाम अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङले हलमा पेश गर्नु भएको थियो । उहाँले पेश गरेकै सदस्यहरूको मनोनयन दर्ता गराएर निर्विरोध गराउने प्रयास भइरहेको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button