मोटरसाइकल र टिप्पर ठोक्किँदा दुई जना गम्भीर घाइते

पाल्पा । तानसेन रिडी सडक खण्ड अन्तरगत तानसेन –५ बतासे डाँडामा मोटरसाइकल र टिप्पर ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।
चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदै गरेको लु२ख १७१३ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको लु२०प ७४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
आज दिउँसो करिब ३ः०० बजे भएको दुर्घटनामा घाइते हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
घाइतेको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्