तपाईँ सुन्दै हुनुहुन्छः

एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ निर्वाचित

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित पाँच पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

कमिटीको उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि खुल्ला तर्फका उपसचिवमा हिदम लामा र महिला तर्फको उपसचिवमा सिता विष्ट सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ११ औँ अधिवेशनबाट पदाधिकारीसहित १ सय ५ जना सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button