आज ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । आज देशभर ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१३ हजार २ सय ६४ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ९७ जना निको भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज देशभर २ लाख ४३ हजार ४ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्