शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताउनुभएको छ । शनिबार काठमाडौँ आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताउनुभएको हो ।
बाल्यावस्थामा बालबालिकाको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उहाँको भनाइ छ ।
‘बाल्यावस्थामा अनुशासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उहाँले भन्नुभयो, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’
बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरू नै अघि भएको बताउँदै पेशामा लाग्नेहरूलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘तपाईँहरूका अप्ठ्याराहरू छन् मैले बुझ्छु’ उहाँले भन्नुभयो, ‘ तोकिएको तलब तथा अन्य समस्याहरू मन्त्रालयले समाधान गर्छ ।’
मन्त्री पौडेलले बालविकासका शिक्षकहरूलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरूसँग समन्वय गरिरहेको बताउनुभयो । कार्यक्रममा देशका उत्कृष्ट प्रि-स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्