धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

पाल्पा । पाल्पाको तानसेनमा शुक्रवार बिहान मृत भेटिएकी ६५ वर्षीया महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको पुष्टि भएको छ । तानसेन–६, कुनसरेमा एक्लै बस्दै आउनुभएकी सरस्वती घर्ती थापाको शुक्रवार बिहान ७ बजेतिर घर नजिकैको भीरमा शब भेटिएको थियो ।
घर्तीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ती महिलाको कसले र किन हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्