तपाईँ सुन्दै हुनुहुन्छः

ओली मनाउन बालकोटमा प्रधानमन्त्री,भेटवार्ता जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मासँग भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ओलीनिवास बालकोटा पुग्नुभएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि मनाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उहाँको निवास वालकोट पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा आज बिहान १०ः३० बजे वालकोट आउनु भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले रेडियो नेपाललाई जानकारी दिनुभयो । वालकोट पुग्नुभएका प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीबीच संवाद भइरहेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । 

यसअघि बुधवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीसँग भेटघाट गर्नुभएको थियो । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको विषयलाई लिएर २३ भदौदेखि एमालेले निरन्तर संसद् बैठकमा नाराबाजी गर्दै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button