तपाईँ सुन्दै हुनुहुन्छः

चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

बेइजिङ चीन । चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो ।

विस्तृत विवरण आउँन बाँकी छ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button