सहकारीहरू मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।
साझा सेवा(सहकारी संस्था) लिमिटेडले शुक्रवार ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उद्देश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले तिन खम्बे आर्थिक नीति अनुरूप सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना मार्फत गरिबी न्यूनीकरणमा योगदान गर्न सकिने बताउनुभयो ।
बजार अनुशासन, मर्यादा र कारोबारमा पारदर्शिता कायम गर्दै जनतालाई महसुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरूले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियन्ता केशव बडाललाई प्रदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्