देशको विकास, जनताको समृद्धि र सुशासनका लागि राप्रपा अघि बढिरहेको छ : अध्यक्ष लिङ्देन
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राप्रपाद्वारा आज धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाएर कमाउन खोज्नेहरूलाई राप्रपा भित्र स्थान नरहने बताउनुभयो ।
उहाँले देशको विकास, जनताको समृद्धि र सुशासनका लागि राप्रपा अघि बढिरहेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले ललित निवास जग्गा प्रकरणमा नेताहरूलाई उन्मुक्ति दिन खोजिएको दाबी गर्नुभयो ।
आमसभामा पार्टीका निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दुराष्ट आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्