एक हजार घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका करिब एक हजार घरपरिवारलाई विद्युतीय चुल्हो वितरण सुरु गरिएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो उपलब्ध गराएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।
तिङलाको ९९ प्रतिशत घरमा विद्युत्को पहुँच पुगेको र दाउरा तथा ग्यासको खपत कम गर्दै विद्युत्को प्रयोग बढाउनका लागि यसले सहयोग पुग्ने मेयर शेर्पाको भनाई छ ।
तिङ्ला क्षेत्रबाट जनप्रतिनिधि निर्वाचित नभएको भएता पनि शिक्षा, स्वास्थ्य, सडक, विद्युत् लगायतका पूर्वाधारमा उल्लेखनीय काम भएको मेयर शेर्पाको दाबी छ ।
निःशुल्क वितरण गरिएको चुल्हो १८ देखि २० हजार रुपियाँ पर्ने चुल्हो वितरण बताइएको छ ।
सोलुदुधकुण्ड नगर पालिकाका उपमेयर कल्पना राईले समय क्रम अनुसार प्रविधिको पनि प्रयोग गर्दै जानुपर्ने भन्दै सुरक्षित र सजग भएर विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्नुभयो ।
चुल्हो पाएपछि स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् ।
तिङ्लाका स्थानीय अमरबहादुर मगर चुल्हो पाएपछि खुसी हुँदै ग्यास र दाउराको झन्झटबाट मुक्त भएको बताउनुभयो ।
विद्युतीय चुल्हो पाएपछि ग्यास र दाउराको झन्झट हटेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्