तपाईँ सुन्दै हुनुहुन्छः

मौसम अनुकूल हुँदै गएपछि बन्द विद्यालय खुले

बीरगंज । मौसम सुध्रिँदै गएपछि पर्साको छिपहरमाई गाउँपालिकाले विद्यालयहरूको बन्द फिर्ता लिँदै पठनपाठन पुनः सुरु गरेको छ । 

गाउँपालिका कार्यालयले एउटा सूचना जारी गरी मौसम अनुकूल हुँदै गएपछि विद्यालयको पठनपाठन आजदेखि पुनः सुरु गरिएको जनाएको छ । 

विद्यालयहरू अत्यधिक जाडो र सितलहरका कारण बन्द रहने भनिएको भएता पनि मौसम अनुकूल हुँदै गएकोले मिति आजदेखि विद्यालयको पठनपाठन नियमित रूपले सञ्चालन भएको गाउँपालिकाले जनाएको छ  । 

एक साता अगाडिदेखि बढेको चिसो र शितलहरका कारण पर्साका विभिन्न स्थानीय तहले विद्यालय बन्द गरेका थिए ।

 यद्यपि, बुधवारदेखि मौसममा सुधार आएसँगै बन्द विद्यालयहरू पनि खुलेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button