निजामती कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा थापा चयन

सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा गणेशकुमार थापा चयन हुनु भएको छ ।
युनियनको आठौँ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा राजीमान बुढा (खुला), वीरेन्द्र पुन (समावेशी) र बेललता बस्नेत (महिला), सचिवमा शिशिरकुमार खड्का, सह–सचिव सूर्यबहादुर खड्का र कोषाध्यक्षमा घनबहादुर बुढालाई चयन गरेको केन्द्रीय प्रतिनिधि काशीराम भट्टराईले जानकारी दिनुभयो ।
उहाँले कार्य समिति सदस्यमा लोमन केशर खनाल (खुला), विवेक शाही (खुला), डिकेन्द्र राना (खुला), मनोहर उपाध्याय (खुला), बालकुमारी चौधरी (महिला), खुमा भट्टराई (ढकाल) (महिला), यज्ञ वाग्ले (श्रेणी विहीन) र मानबहादुर बस्नेत (श्रेणी विहीन)लाई चयन गरिएको बताउनुभयो ।
उहाँका अनुसार केन्द्रीय प्रतिनिधिमा सुशील कुमार केसी, राजेशकुमार बुढा, सिताकुमारी खत्री (गिरी), उदयबहादुर थापा क्षेत्री र काशीराम भट्टराईलाई चयन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्