तपाईँ सुन्दै हुनुहुन्छः

बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।

आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकाकूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम सम्बन्धनको खारेजी गरिने उल्लेख छ । 

मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरूले बढी शुल्क नबुझाए परीक्षा दिनबाटै वञ्चित गराउँदै आएको भन्दै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू हाल आन्दोलनमा उत्रिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button