६ लाख ५४ हजार रकम सहित २ हुन्डी कारोबारी पक्राउ
बीरगंज । पर्सा प्रहरीले ६ लाख ५४ हजार रकमसहित अवैध हुन्डीको कारोबारमा संलग्न २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी इनरुवाबाट खटिएको गस्ती टोलीले शङ्कराचार्य गेटमा नियमित चेकजाँचको क्रममा रक्सौलबाट वीरगन्जतर्फ पैदल आउँदै गरेका भारत पूर्व चम्पारण मोतिहारी निवासी ४८ वर्षीय जादोलाल साह र भारतकै छौडादानो मोतिहारी निवासी २८ वर्षीय बिगन साहलाई चेकजाँचको क्रममा निजहरूले शरीरमा लुकाई छिपाई राखेको श्रोत नखुलेको ६ लाख ५४ हजार नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका
प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
अभियुक्तहरूलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्