तपाईँ सुन्दै हुनुहुन्छः

काजकिस्तानका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विघटन गर्दै सङ्कटकाल घोषणा

अल्माटी, काजकिस्तान । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद् विघटन भएको घोषणा गर्नुभएको छ । 

मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उहाँले बुधवार मन्त्रीपरिषद् नै विघटन गर्नु भएको हो ।

विद्युत्को मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरू भइरहेका थिए । उहाँले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागु गरिएको घोषणा पनि गर्नु भएको छ ।  

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरूको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।  

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।

आन्दोलन दबाउनका लागि सरकारले मङ्गलवार अल्मातीमा अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले घोषणा गरेको सङ्कटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ ।रासस÷एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button