छूट सेवा अन्तर्गत २९ हजार २ सय कम्पनीहरू लाभान्वित
काठमाडौँ । सरकारले बजेट मार्फत कम्पनीहरूलाई अद्यावधिक गर्न तथा खारेजी गर्नका लागि उपलब्ध गराएको छूट सेवा अन्तर्गत साउनदेखि पुस २० गतेसम्म २९ हजार २ सय कम्पनीहरू लाभान्वित भएका छन् ।
कम्पनी रजिस्टर्डको कार्यालयले यस अवधिमा २९ हजार २ सय ७ कम्पनी खारेज भएको जनाएको छ ।
गत आर्थिक वर्षको एक वर्षको अवधिमा कार्यालयले कम्पनी दर्ता तथा खारेजी लगायतका कामहरूबाट ५९ करोड ४९ लाख राजस्व सङ्कलन गरेकोमा यस वर्षको साढे पाँच महिनाको अवधिमा मात्र ९५ प्रतिशत छूट दिँदा समेत ६२ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ ।
यस अवधिमा सरकाले उपलब्ध गराएको छूट सुविधा अन्तर्गत कम्पनीहरूले करिब ३ अर्ब भन्दा बढी रकम बराबरको जरिवाना छूट पाएको कम्पनी रजिस्टर्ड प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
यस अवधिमा गत वर्षको यसै अवधिको तुलनामा नयाँ खोल्ने कम्पनीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढेको छ । यस अवधिमा १६ हजार ८ सय २० कम्पनीहरू दर्ता भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्