नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यसमितिको पहिलो बैठक आज बस्दै छ ।
आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे ललितपुरको हेरिटेज प्लाजामा बस्ने भएको हो ।
केन्द्रिय समिति बैठकले पार्टीको केन्द्रिय पदाधिकारी चयन प्रक्रिया अघि बढाउने माओवादी केन्द्र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विष्णपुकार श्रेष्ठले जानकारी दिनुभयो ।
महाधिवेशनले केन्द्रीय समिति चयन गरे पनि पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ ।
यस्तै पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।
यस्तै, आजै केन्द्रिय समितिको शपथग्रहण कार्यक्रम समेत रहेको छ ।
पार्टीको विधान अनुसार पार्टीको केन्द्रीय समिति २९९ सदस्य महाधिवेशनबाट चयन हुने थप १५ प्रतिशत सदस्यको केन्द्रिय समितिले मनोनयन गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्