तपाईँ सुन्दै हुनुहुन्छः

रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

अंकारा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ ।उहाँहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उहाँहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।

त्यस अवसरमा उहाँले द्धिपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाका बारेमा पनि कुराकानी गर्नुभएको थियो । यस अवसरमा उहाँहरुले संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानका बारेमा पनि कुराकानी गर्नुभएको टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button