रत्ननगर नगरपालिकाले दियो ३७ छात्रालाई साइकल
चितवन । रत्न नगर नगरपालिका वडा नं ३ वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई साइकल वितरण गरेको छ ।
वडा भित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो । विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्राहरूलाई साइकल प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन र वडाध्यक्ष भट्टराईले विद्यार्थीहरूलाई साइकल हस्तान्तरण गर्नुभएको थियो । सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्राहरूलाई साइकल दिन सुरु गरिएको उहाँको भनाई छ । आफ्ना बाबु नानीलाई निजी विद्यालयमा पढाउने शिक्षकलाई जागिर छाड्न पनि उहाँले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्