जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।
थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताउनुभयो ।
थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्