तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको छ : प्रदेश प्रमुख जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको बताउनुभएको छ ।

आज धनगढीमा भुवा पर्वको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले पौराणकालिन भुवा पर्वको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभयो । उहाँले भुवा पर्व जस्ता लोक संस्कृति हामी सबैको पहिचान भएको उल्लेख गर्दै  यसको विकास गरेर लैजानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भुवा पर्वलाई साझा पर्वका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न भुवा नाच प्रदर्शन गरिएको थियो । बाजुरेली समाजको आयोजनामा सुरु भएको भुवा पर्व भोलि सोमबार सम्म चल्ने समाजका अध्यक्ष चेतन थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button