तपाईँ सुन्दै हुनुहुन्छः

ओमिक्रोन सङ्क्रमणलाई बढ्न नदिन थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

फाइल तस्बिर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट सम्बन्धी थप सतर्कता अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयले आज सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै ओमिक्रोन सङ्क्रमणलाई बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न गराउन, जोखिम क्षेत्रहरू (हटस्पट) पत्ता लगाई परीक्षणको दायरा बढाउन अनुरोध गरेको छ । 

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षण, खोप लगाउन छुटेकाहरुलाई लक्षित वर्गलाई खोप लगाउन र आइसोलेसन तथा क्वारीनटाइनमा रहेकालाई निगरानी गर्न समेत आग्रह गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button