तपाईँ सुन्दै हुनुहुन्छः

एससीसीबारे भ्रम पार्न खोजियो: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै केही व्यक्तिहरूले भ्रममा पार्न खोजेको बताउनुभएको छ । 

आज तनहुँको खैरेनीटारमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले कम्युनिस्ट पार्टीका केही नेताहरूको गलत बुझाइका कारण अमेरिकाले दिन लागेको सहयोग रोकिएकोले यसलाई पारित गरेर राष्ट्रको विकास गर्नुपर्ने धारणा राख्नुभयो । 

एमसीसी भनेको अमेरिकाको ईन्डो प्यासिफिक रणनीतिको अङ्ग हो भनी प्रचार गरिएकोमा आपत्ति जनाउनुहुँदै वरिष्ठ नेता पौडेलले यसमा कुनै सत्यता नभएको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनावमा देखिएको गुट उपगुटलाई अन्त्य गरेर पार्टी एकताको सन्देश दिनुपर्ने बताउनुभयो । 

केन्द्रीय सदस्य ध्रुव वाग्लेले काँग्रेसभित्रको मतभेद हटाएर अन्तर पार्टी प्रतिस्पर्धाको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button